पश्चिम बङ्गालमा गर्मीको कहर यथावत, तापमान 43 डिग्री पुग्यो
पश्चिम बङ्गालमा गर्मीको कहर यथावत, तापमान 43 डिग्री पुग्यो


कोलकाता, 27 मई (हि. स.)। सारा पश्चिम बङ्गालभरि अहिलेघरि भीषण गर्मी र आद्रताको प्रभाव देखिँदैछ। राज्यका अधिकांश भागहरूको अधिकतम तापमान 38-43 डिग्री सेल्सियसबीच पुगिसकेको छ जसबाट जनजीवन प्रभावित भइरहेको छ।

पश्चिम मेदिनीपुर र खड़गपुर क्षेत्रमा गर्मीको प्रभाव सबैभन्दा बढ़ी छ। यहाँको तापमान 40-41 डिग्री सेल्सियससम्म पुगेको छ भने नमीको उच्च स्तरले गर्दा तापमान 43-45 डिग्री सेल्सियससम्म महसूस भइरहेको छ। मौसम मुख्यतः सफा र आंशिक रूपमा बादलपूर्ण रहनेछ तथापि कतै-कतै हल्का मेघ गर्जनसितै वर्षा हुने सम्भावना पनि देखिएको छ।

कोलकाता औ दक्षिण बङ्गालको स्थिति पनि लगभग एकसमान छ। यहाँको अधिकतम तापमान 37-39 डिग्री सेल्सियसबीच दर्ता गरिएको छ। आद्रताको कारणले गर्मी अधिक महसूस भइरहेको छ तथापि हल्का हावा चलिरहेकोले केही राहत पाउन सकिन्छ।

यता उत्तर बङ्गालका उप-हिमालयी जिल्लाहरूमा मौसम अपेक्षाकृति शीतल छ। दार्जीलिङ, जलपाईगुड़ी सहित अन्य क्षेत्रहरूमा बीच-बीचमा मेघ गर्जनसितै पानी परिरहेको छ जसले गर्दा तापमान घटेको छ।

मौसम विभाग अनुसार दक्षिण बङ्गालमा आगामी दिनमा गर्मीबाट राहत पाउने सम्भावना कमै छ भने उत्तर बङ्गालमा आंशिक वर्षाको सिलसिला जारी रहनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande