'ट्रक र स्कर्पियो आपस्तमा ठोक्किएर तीन जनाले गुमाए ज्यान
'ट्रक र स्कर्पियो आपस्तमा ठोक्किएर तीन जनाले गुमाए ज्यान


गुवाहाटी, 28 मई (हि.स.)। ब्रह्मपुत्र नदीको अर्को किनारमा अवस्थित उत्तर गुवाहाटीको गौरीपुर क्षेत्रमा गए बुधवार मध्य राति भएको एक सड़क दुर्घटनामा तीन जना मानिसहरूको मृत्यु भयो। यो दुर्घटना राष्ट्रिय राजमार्गमा जयगुरू आश्रमको छेउमा भएको हो।

गौरीपुर पुलिस अनुसार गलत दिशाबाट आइरहेको एउटा ट्रक र स्कर्पियो आपस्तमा ठोक्किएर यो दुर्घटना भएको हो। यस भयानक दुर्घटनामा स्कर्पियोमा सवार तीनै जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको पहिचान रञ्जीत डे, करुणा बेजबरुवा औ पार्थ प्रतिम बर्मनको रूपमा भएको छ। यीमध्ये एकजना नावकाटा निवासी थिए भने अन्य दुई जना गुवाहाटीको मालीगाउँ क्षेत्रका निवासी रहेको बताइएको छ।

प्राप्त जानकारी अनुसार ट्रक (एएस-01डीसी-3141) गलत दिशाबाट आइरहेको थियो जसले स्कर्पियो (एएस-01जीपी-9940)- लाई सशक्त ठक्कर दियो। घटनाको सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि तीनै जनाको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी अग्रिम जाँचमा पुलिस जुटिसकेको छ। दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट भाग्न सफल भयो जसलाई पुलिसले खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande