असममा शान्ति तथा उत्साहको साथमा मनाइँदैछ ई-उद-जुहा
असममा शान्ति तथा उत्साहको साथमा मनाइँदैछ ई-उद-जुहा


गुवाहाटी, 28 मई (हि.स.)। सारा देशसँगसँगै असममा पनि बिहीवार पवित्र ईद-उल-जुहा धार्मिक श्रद्धा, उत्साह औ भाइचारापूर्ण वातावरणमा मनाइँदैछ। हिजरी क्यालेण्डर अनुसार जिल्हज्ज महिनाको 10 तारिक मनाइने यस पर्वलाई लिएर मुस्लिम समुदामा विशेष उत्साह देखियो।

केन्द्रिय हिलाल कमिटीद्वारा ईदको घोषणा गरिएपछि राज्यका विभिन्न भागहरूमा ईद-उल-जुहाको आयोजन गरियो। बिहानदेखि नै ईदगाह मैदान तथा मस्जिदहरूमा नाज अदा गर्नका लागि मानिसहरूको भीड़ उर्लियो। सामूहिक नमाज अवधि देशमा शान्ति, समृद्धि तथा भाइचाराको प्रार्थना गरियो। नमाजपछि मानिसहरूले एका-अर्कालाई अङ्कमाल गरी ईदको शुभकामना आदान-प्रदान गरे।

ईद-उल-जुहा जसलाई ईद-उल-अजहा, बकरीद औ क़ुरबानी ईदको नामले पनि चिनिन्छ, इस्लाम धर्मको एक महत्वपूर्ण पर्व हो। ‘ईद-उल-जुहा’- को अर्थ त्यागको पर्व हुन्छ। यस अवसरमा मुस्लिम समुदायका मानिसहरूले आफ्नो श्रद्धा र क्षमता अनुसार धार्मिक परम्परालाई पालन गर्दै बली दिन्छन्।

ईदलाई लिएर राज्यभरि नै उल्लासपूर्ण वातावरण देख्न पाइयो। मस्जिद तथा ईदगाहहरूलाई आकर्षक ढङ्गले सजाइएको थियो। पर्वलाई ध्यानमा राखेर प्रशासनले सुरक्षाको पुख्ता प्रबन्ध गरेको छ ताकि कुनै पनि प्रकारको अप्रिय घटना नहोस्।

यो पर्वले त्याग, समर्पण, प्रेम र मानवताको सन्देश दिन्छ भने समाजमा आपस्तमा सौहार्द र भाइचारालाी मजबुत बनाउने काम गर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande