
कोलकाता, 28 मई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमंत्री शुभेन्दु अधिकारीले बिहीवार ई-उल-अजहाको अवसरमा प्रदेशवासी तथा देशवासीहरूलाई शुभकामना दिएका छन्। उनले बिहीवार सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गरी सबैको सुख, शान्ति र समृद्धिको कामना गरे।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो सन्देशमा भने, ई-उल-अजहाको पावन पर्वले समाजमा भाइचारा, सौहार्द र आपस्तमा एकताको सन्देश दिन्छ। उनले यो पर्व मनाइरहेका सबै मानिसहरू तथा उनीहरूका परिवारहरूको शान्ति अनि खुशियालीको निम्ति प्रार्थना गरे।
उनले भने, यो पर्व मानिसहरूमाझ प्रेम, सद्भाव एवं सामाजिक एकतालाई अझ मजबुत बनाउने अवसर हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा