
मङ्गन, 28 मई (हि.स.)। लाचेन मङ्गन निर्वाचन क्षेत्रका बुथ लेभल अफिसरहरूलाई एसआईआर किट्स हस्तान्तरण तथा संक्षिप्त अभिमुखीकरण कार्यक्रम आज ईआरओ एवं एसडीएम मङ्गनको कार्यालयमा सम्पन्न भयो।
निर्वाचन दर्ता अधिकारी (ईआरओ) सन्दीप कुमारले बीएलओहरूलाई गणना फारम वितरण प्रक्रियाका सम्पूर्ण पक्षबारे जानकारी गराउँदै केही जिज्ञासाहरूको समाधान गरे।बीएलओहरूलाई सम्बन्धित बुथ लेभल एजेन्टहरूसँग यथाशीघ्र बैठक आयोजना गरी गणना फारम सङ्कलन प्रक्रियामा सहयोग लिन आग्रह गरिएको छ।
भारत निर्वाचन आयोगद्वारा निर्धारित समयतालिका अनुसार एसआईआर अन्तर्गत गणना फारम वितरण कार्य ३० मई, २०२६ देखि प्रारम्भ हुनेछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल