ईद-उल-अजहामा नमाज अदा, सुरक्षाको कड़ा बन्दोबस्त
ईद-उल-अजहामा नमाज अदा, सुरक्षाको कड़ा बन्दोबस्त


सिलगढ़ी, 28 मई (हि.स.)। ईद-उल-अजहाको अवसरमा बिहीवार बिहान सिलगढ़ीको कञ्चनजङ्घा स्टेडियममा नमाज अदा गरियो। यस आयोजनमा मानिसहरूको व्यापक उपस्थिति रहेको थियो।

नमाजको अवसरमा सिलगढ़ीका पुलिस कमिश्नर सईद वकार रजा र डिप्टी पुलिस कमिश्नर (ट्राफिक) काजी शमसुद्दीन अहमद सहित केही गण्यमान्य मानिसहरू पनि उपस्थित थिए।

पुलिस कमिश्नरले बताए, नमाज शान्तिपूर्ण तथा सौहार्दपूर्ण माहोलमा सम्पन्न भयो। यस पर्वलाई मध्यनजर गर्दै शहरका प्रमुख क्षेत्रहरूमा पुलिस तथा क्विक रेस्पन्स टीम (क्यूआरटी)-हरूलाई तैनाथ गरिएको छ। साथै ट्राफिकलाई सुचारू राख्नको लागि विशेष व्यवस्था गरिएको छ।

अर्कोतिर राष्ट्रपति सिक्किम भ्रमणबाट फर्किने कार्यक्रमलाई ध्यानमा राखेर शहरको सुरक्षालाई अझ कड़ा बनाइएको छ। कुनै पनि प्रकारको अप्रिय घटनादेखि बच्नको लागि डिप्टी पुलिस कमिश्नर (हेडक्वार्टर) तन्मय सरकारको उपस्थितिमा हाशमी चौक क्षेत्रमा ड्रोनबाट निगरानी राखिँदैछ। हाल सारा शहरभरि शान्ति अनि सुरक्षाबीच ईदको पर्व मनाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande