
आसनसोल, 28 मई (हि.स.)। आसनसोलको प्रतिष्ठित सेन्ट विन्सेन्ट स्कूलमा आयोजित समर क्याम्पमा भएको पीड़ादायी घटनाले सम्पूर्ण शहरलाई झक्झकाइदिएको छ। स्विमिङ्गको प्रशिक्षण भइरहेको बेला छैटौं कक्षाका छात्र अद्विकको डुबेर मृत्यु भयो। दुर्घटनापछि स्कूल परिसरदेखि अस्पतालसम्मै शोक छाउनको साथै कोकोहोलो मचिएको छ।
जानकारी अनुसार लोअर चलिडङ्गा निवासी अद्विक स्कूलको समर क्याम्पमा सामेल भएको थियो। बिहीवार बिहान अन्य बाल-बालिकाहरूसितै उसले पनि स्विमिङ्ग पूलमा अभ्यास गरिरहेको थियो। यसै अवधि उ अचानक पानीमा डुब्यो। त्यहाँ उपस्थित प्रशिक्षक तथा कर्मचारीहरूले उसलाई तुरून्तै बाहिर निकालेर अस्पतालमा पुऱ्याए, तर चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।
घटनाको खबर पाउनसाथ परिवारजन तथा स्थानीय मानिसहरू अस्पतालमा पुगे। छोराको मृत्युको समाचार सुनेर परिवार पूर्ण रूपले लाचार भयो। स्कूल प्रशासनले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
यता दुर्घटनापछि शहरभरिका स्विमिङ्ग पुलहरूको सुरक्षा अव्यवस्थालाई लिएर बहस चर्किएको छ। अभिभावकहरूले प्रश्न उठाइरहेका छन्, जब स-साना नानीहरूलाई ट्रेनिङ्ग दिइन्दैथ्यो भने पर्याप्त सुरक्षा तथा निगरानी किन गरिएको थिएन? मानिसहरूको भनाइ छ, नामी संस्थानहरूमा पनि यस्ता घटनाहरू भइरहेका छन् भने मानदण्डहरूको गम्भीर समीक्षा हुन आवश्यक छ।
आसनसोल साउथ थाना पुलिसले मामिलाको अनुसन्धान कार्य शुरू गरेको छ। स्कूल प्रशासनसित रिपोर्ट मागिएको छ। साथै स्विमिङ्गको ट्रेनिङ्ग अवधि तय सुरक्षा नियमहरूको पालन भएको थियो कि थिएन। हाल स्कूलले समर क्याम्पलाई स्थगित गरिदिएको छ।
घटनापछि जिल्ला प्रशासन पनि सतर्क भएको छ। सूत्रानुसार जिल्लाका स्कूल तथा क्लबहरूमारहेका स्विमिङ्ग पूलहरूको सुरक्षा व्यवस्थाको जाँच गराउनेमाथि विचार गरिँदैछ ताकि भविष्यमा यस्ता पीड़ादायी घटनाहरूको पुनरावृत्ति हुन नसकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा