
सिलगढ़ी, 28 मई (हि.स.)। पश्चिम बङ्गालको सिलगढ़ी महकुमा अन्तर्गत नक्सलबाड़ी ग्रामीण अस्पतालमा नवजात शिशुको मृत्यु भएको घटनालाई लिएर रातभरि किचलो भयो। परिवारजनले अस्पतालमाथि गम्भीर लापरवाही गरेको आरोप लगाएका छन्।
आरोप मुताविक स्टेशन पाड़ाकी एकजना गर्भवती महिलालाई गए बुधवार अबेर साँझ अस्पतालमा भर्ती गरिएको थियो, तर प्रसव पीड़ा हुँदा डाक्टरहरूले ती महिलामाथि ध्यान दिएनन्। बाध्य भएर महिलाले अस्पताल परिसरमै शिशुलाई जन्माइन्।
भनिन्छ, जन्मिएपछि शिशु रोयो, तर केही समयमै उसको मृत्यु भयो। त्यसपछि परिवारजन रिसले आगो भए अनि अस्पतालमा विरोध गर्न शुरू गरे।
सूचना पाएर पुलिस अनि ब्लक स्वास्थ्य अधिकारी घटनास्थलमा पुगे। परिवारजनले ड्यूटीमा तैनाथ डाक्टरमाथि कारबाही गर्ने तथा निलम्बन गर्ने माग गर्दै थानामा लिखित सिकायत दर्ता गराएका छन्। हाल मामिलाको जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा