
कोलकाता, 28 मई (हि.स.)। पश्चिम बङ्गालका राज्यपाल आर एन रविले बिहीवार ईद-उल-अजहाको अवसरमा देशवासीहरूलाई शुभकामना दिएका छन्। सोशल मीडिया एक्समा पोस्ट गर्दै उनले भने, यो पर्वले आपस्तमा सौहार्द, भाइचारा तथा एकताको भावनालाई अझ मजबुत बनाओस्।
राज्यपालले आफ्नो सन्देशमा सबै मानिसहरूको जीवनमा शान्ति, समृद्धि तथा खुशियाली आओस् भनी कामना गर्दै भने, ईद-उल-अजहाको यो पावन पर्वले समाजमा प्रेम तथा सद्भावनाको सन्देश फैलाओस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा