केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री शेखावत बागडोगरा हवाई अड्डा आइपुगे
केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री शेखावत बागडोगरा हवाई अड्डा आइपुगे


सिलगढ़ी, 28 मई (हि.स.)। भारत सरकारको संस्कृति एवं पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावत बिहिवार बिहान बागडोगरा हवाई अड्डा आइपुगेका छन्। केन्द्रिय मन्त्रीलाई अवाई अड्डामा सिक्किम सरकारकी अतिरिक्त सचिव (होम प्रोटोकल) शर्मिष्ठा प्रधान, बागडोगरा पर्यटनका अधिकारीहरू तथा वरिष्ठ अधिकारीहरूले स्वागत जनाए।

केन्द्रिय मन्त्री दुई दिवसीय (28 र 29 मई) सिक्किम भ्रमणमा आएका हुन्। भ्रमणको क्रममा उनले समीक्षा बैठकहरूमा भाग लिनेछन्। सोरेङ जिल्लाका जिल्ला प्रशासन, स्थानीय युवाहरू र पर्यटन सरोकारवालाहरूसँग अन्तरक्रिया गर्नेछन्। उनले श्रीबादाममा रहेको ट्राउट फार्मिङ सेन्टरको पनि भ्रमण गर्नेछन्। उनलाई राज्य अतिथिको दर्जा प्रदान गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande