
गान्तोक, 28 मई (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किम पुलिसलाई राष्ट्रपति पुलिस कलर प्रदान गरेकी छन्। राजधानीको पाल्जोर स्टेडियममा बिहिवार आयोजित एक भव्य समारोहबीच राष्ट्रपतिले राष्ट्रपति पुलिस कलर सिक्किम पुलिसलाई प्रदान गरिन्।
राष्ट्रपति द्रौपदी मुर्मू आफ्नो तीन दिवसीय सिक्किम भ्रमणको आज अन्तिम दिन राजधानीको पाल्जोर स्टेडियममा आयोजित कार्यक्रममा सहभागी भएकी छन्। यस अवसरमा उनको बाहुलीद्वारा सिक्किम पुलिसलाई राष्ट्रपति पुलिस कलर प्रदान गरियो। सिक्किम पुलिसलाई यो पुरस्कार कानुन व्यवस्था, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सिक्किम पुलिसको आधुनिकीकरण र नवीनीकरण क्षेत्रका उल्लेखनीय कार्यका लागि प्रदान गरिएको हो। यो पुरस्कार प्राप्त गर्ने सिक्किम देशको 15औं राज्य बनेको छ।
समारोहमा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्रीगण, विधायकगण, सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू र भारी संख्यामा मानिसहरू उपस्थित रहेका छन्।
हिन्दुस्थान समाचार / बिशाल