
गान्तोक, 28 मई (हि.स.)। भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले बिहिवार सिक्किम पुलिसलाई भारतका राष्ट्रपतिको कलर अवार्ड 'निशान' प्रदान गर्ने छन्। राजधानीको पाल्जोर स्टेडियममा आयोजना हुन लागिरहेको एक भव्य अलङ्करण समारोहबीच सिक्किम पुलिसलाई पुरस्कृत गरिने छ।
राष्ट्रपति द्रौपदी मुर्मूको तीन दिवसीय आधिकारिक सिक्किम भ्रमण आज समाप्त भइरहेको छ। अन्तिम दिन राष्ट्रपतिले सिक्किम पुलिसलाई भारतका राष्ट्रपतिको कलर अवार्ड 'निशान' प्रदान गर्ने छन्। यो पुरस्कार सिक्किम पुलिसलाई देशमा उत्कृष्ठ सेवा कार्यहरूका लागि प्रदान गरिने भएको हो। यो पुरस्कार प्राप्त गर्ने सिक्किम देशका 15औं राज्य हो।
उल्लेखनीय छ, राष्ट्रपति द्रौपदी मुर्मू तीन दिवसीय सिक्किम भ्रमणमा 26 मईका दिन गान्तोक आइपुगेकी हुन्। पहिलो दिन राष्ट्रपतिले राजधानीको स्वर्ण जयन्ती मैत्रेय मंजरी परिसरमा रहेको अर्किडेरियमको भ्रमण गरिन्। सोही दिन सॉंझ उनले राजधानी छेउ देवरालीस्थित नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजी भ्रमण गरिन्।
यसैगरी, भ्रमणको दोस्रो दिन मंगलवार राष्ट्रपतिले पिङ्क सिटी रनर बस सेवाको उद्घाटन गरिन्। यो बस सेवा सिक्किम सरकारले महिलाहरूलाई ध्यानमा राख्दै शुरू गरेको हो। राष्ट्रपति मुर्मूले दिउॅंसो सिक्किम केन्द्रिय विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा भाग लिएकी थिइन्। उनको बिहान भारत चीन सीमा क्षेत्र नथुला जाने कार्यक्रम प्रतिकुल मौसमका कारण रद्द भएको थियो।
हिन्दुस्थान समाचार / बिशाल