
गुवाहाटी, 31 मई, (हि.स.)। गुवाहाटी महानगर पुलिसद्वारा सञ्चालित व्यापक नशा विरोधी अभियान अन्तर्गत गए शनिवार 26 जना मानिसहरूलाई पक्राउ गरियो। पक्रा पर्नेहरूमा मादक तस्कर र नशा सेवन गर्ने मानिसहरू सामेल छन्।
पुलिस अनुसार पल्टन बजारदेखि लिएर कामाख्या रेलवे स्टेशनसम्म विशेष अभियान परिचालन गरियो। यस अभियान अवधि गुवाहाटी पुलिसले सरकारी रेलवे पुलिस (जीआरपी) र रेलवे सुरक्षा बल (आरपीएफ)-सित मिलेर संयुक्त कारबाही गऱ्यो। यस कारबाहीमा आरोपीहरूबाट प्रचुर मात्रामा प्रतिबन्धित मादक पदार्थ पनि जफत गरियो।
पुलिस अधिकारीहूरूले बताए, यो कारबाही राज्य सरकार औ असम पुलिसद्वारा नशाको व्यापारविरूद्ध सञ्चालित व्यापक अभियानको एक भाग हो। गुवाहाटी सहित राज्यका विभिन्न भागहरूमा मादक पदार्थको तस्करी तथा मादक पदार्थसित सम्बन्धित अपराधहरूमाथि लगातार निगरानी राखिँदैछ।
पुलिसले स्पष्ट पारेको छ, नशाको अवैध व्यापारमा संलिप्त मानिसहरूविरूद्ध आगामी दिनमा पनि कड़ा कारबाही जारी रहनेछ। आम नागरिकहरूसित यस अभियानमा सहयोग गर्ने अपील समेत पुलिसले गरेको छ।
असम पुलिसले मानिसहरूसित आग्रह गरेको छ, यदि उनीहरूलाई मादक पदार्थ तस्करी, बिक्री वा सेवनसित सम्बन्धित कुनै पनि जानकारी भए उनीहरूले निकटतम पुलिस थाना, पुलिस हेल्पलाइन वा असम पुलिसको नागरिक पोर्टलको माध्यमबाट यसको सूचना दिउन्। पुलिसको भनाइ छ, समाजलाई नशामुक्त बनाउनको लागि जनसहभागिता आवश्यक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा