
गुवाहाटी, 31 मई, (हि.स.)। असम सरकारको मन्त्रीमण्डल आगामी 5 जूनमा विस्तार हुने सम्भावना छ। यसलाई लिएर तयारीहरू लगभग पूरा भइसकेको छ भने शपथ ग्रहण समारोह गुवाहाटीमा आयोजना हुनसक्छ। राज्यको राजनीतिमा यस विस्तारलाई महत्वपूर्ण मानिंदैछ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सङ्केत दिएका छन्, विस्तारित मन्त्रीमण्डलमा सामेल गरिने विधायकहरूको सूचीलाई अन्तिम रूप दिसकिएको छ। मन्त्रीमण्डल विस्तारको लागि आवश्यक अनुमोदन पनि प्राप्त भइसकेको छ।
पार्टी सूत्र अनुसार गए शनिवार नयाँ दिल्लीमा मुख्यमन्त्री डा. सरमा औ प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटघाटमा सम्भावित मन्त्रीहरूको सूचीमाथि अन्तिम सहमति कायम भयो। मुख्यमन्त्रीले पनि सोशल मीडियाको माध्यमबाट आगामी 5 जूनमा मन्त्रीमण्डल विस्तार हुने जानकारी साझा गरेका छन्।
राजनीतिक सूत्रको भनाइ छ, यस विस्तारमा 7-देखि 12 जना विधायकहरूलाई मन्त्री पदको शपथ दिलाउनसक्छ। साथै केही विभागहरू पुनर्वितरण हुने सम्भावना व्यक्त गरिँदैछ।
स्मरण गराइन्छ, मुख्यमन्त्री सहित चारजना क्याबिनेट मन्त्रीहरूको शपथ ग्रहण पश्चात मन्त्रीमण्डलमा नयाँ अनुहारहरूलाई सामेल गर्ने तथा प्रशासनिक सन्तुलनलाई मजबुत बनाउनेलाई लिएर चर्चा तीव्र भएको थियो। तथापि मन्त्रीमण्डलको अन्तिम स्वरूप तथा सम्भावित मन्त्रीहरूको नामको आधिकारिक घोषणा अहिले गरिएको छैन।
राज्य मन्त्रीमण्डलको यस विस्तारमाथि राजनीतिक दलहरू तथा प्रशासनिक जगतको ध्यानकेन्द्रित भएको छ। किनभने यसबाट सरकारको आगामी रणनीति र राजनीतिक समीकरणहरूको झलक पाइने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा