
लखिमपुर (असम), 31 मई (हि.स.)। नारायणपुरमा गए शनिवार अबेर राति भएको एक पीड़ादायी सड़क दुर्घटनामा दुई जना युवकहरूको घटनास्थलमै मृत्यु भयो। घटनापछि सम्पूर्ण क्षेत्रमा गहिरो शोकमा डुबेको छ।
पुलिसबाट प्राप्त जानकारी अनुसार एउटा टाटा टियागो कार र दुई वटा मोटरसाइकल आपस्तमा ठोक्कियो। यस भयानक ठक्करमा दुवै बाइक सवारको घटनास्थलमै मृत्यु भयो।
मृतकहरूको पहिचान नारायणपुरको टिकिराई गाउँ निवासी भाइटी पेगू औ दीपज्योति दलैको रूपमा गरिएको छ। दुर्घटना भएको सूचना पाउनसाथ स्थानीय मानिसहरू ठूलो सङ्ख्यामा घटनास्थलमा पुगे अनि राहत कार्य शुरू गरे। सूचना पाए लगत्तै पुलिसको टीम पनि घटनास्थलमा आइपुग्यो। पुलिसले दुवै शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो साथै दुर्घटनासित सम्बन्धित आवश्यक कानूनी प्रक्रिया शुरू गरेको छ।
पुलिसले बतायो, दुर्घटनाको वास्तविक कारण थाहा पाउनको लागि जाँच भइरहेको छ। घटनापछि मृतकहरूका परिवारहरूमा घना शोक छाएको छ भने अर्कोतिर स्थानीय मानिसहरूले सड़क सुरक्षालाई लिएर चिन्ता व्यक्त गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा