हावा-हुन्डरीमा ज्यान गुमाउनेको परिवारलाई मुख्यमन्त्री शुभेन्दु अधिकारीले सुम्पिए क्षतिपूरण
हावा-हुन्डरीमा ज्यान गुमाउनेको परिवारलाई मुख्यमन्त्री शुभेन्दु अधिकारीले सुम्पिए क्षतिपूरण


कोलकाता, 31 मई (हि.स.)। गत 29 मईको दिन आएको प्राकृतिक आपदा एवं कालबैसाखी तूफानमा ज्यान गुमाउने भवानीपुर विधासभा क्षेत्रका निवासी प्रवीण कुमार ठाकुरको परिवारलाई पश्चिम बङ्गाल सरकारको पक्षबाट आर्थिक सहयोग प्रदान गरियो।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले आइतवार मृतकको परिवारलाई राज्य सरकारको पक्षबाट क्षतिपूर्तिको चेक सुम्पिए। यस अवधि मुख्यमन्त्रीले पीड़ित परिवारप्रति संवेदना व्यक्त गर्दै भने, सरकार यस दुःखको घड़ीमा उनीहरूको साथमा छ।

उल्लेखनीय छ, गत 29 मईमा राज्यका विभिन्न भागहरूमा आएको हावा-हुन्डरीले धेरै वटा ठाउँको जनजीवनलाई प्रभावित पारेको थियो। यसै प्राकृतिक आपदामा परी भवानीपुर निवासी प्रवीण कुमार ठाकुरको दुर्भाग्यपूर्ण मृत्यु भएको थियो।

मुख्यमन्त्रीले मृतकको परिवारलाई सान्त्वना दिँदै आश्वासन दिए, राज्य सरकार प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्नको लागि प्रतिबद्ध छ। उनले भने, प्राकृतिक आपदाद्वारा पीड़ित परिवारहरूको पुनर्वास तथा सहायताको लागि सरकारले आवश्यक कदम उठाइरहेको छ।

क्षतिपूर्तिको चेक प्राप्त गरेपछि परिवारका सदस्यहरूले राज्य सरकार औ मुख्यमन्त्रीप्रति आभार व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande