अभिषेक ब्यानर्जीमाथि भएको हमलाको विरोधमा तृणमूलको धरना
अभिषेक ब्यानर्जीमाथि भएको हमलाको विरोधमा तृणमूलको धरना


पश्चिम बर्दवान, 31 मई (हि.स.)। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव एवं सांसद अभिषेक ब्यानर्जीमाथि भएको कथित हमलाको विरोधमा शनिवार पश्चिम बर्दवान जिल्ला तृणमूल कङ्ग्रेसको पक्षबाट आसनसोलको कोर्ड मोड़स्थित गान्धी प्रतिमा समक्ष धरना प्रदर्शन गरियो। यस अवधि पार्टी नेता तथा कार्यकर्ताहरूले घटनाको कड़ा निन्दा गर्दै दोषीहरूविरूद्ध कठोर कारबाही गर्ने माग गरे।

धरना कार्यक्रमलाई सम्बोधन गर्दै पश्चिम बर्दवान जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष नरेन्द्र नाथ चक्रवर्तीले भने, सांसद अभिषेक ब्यानर्जी सोनारपुरमा पार्टी कार्यकर्ताहरूसित भेट गर्नका लागि गएका थिए। यसै अवधि उनीमाथि भएको हमला अत्यन्त निन्दनीय र लोकतान्त्रिक मूल्यको विरोधमा छ।

उनले आरोप लगाए, यस हमलामा अभिषेक ब्यानर्जीलाई धक्का दिएर भुइँमा लड़ाइयो जसबाट राज्यभरिका मानिसहरूमा चिन्ता तथा आक्रोश व्याप्त भएको छ। नरेन्द्रनाथ चक्रवर्तीले भने, पश्चिम बङ्गालको राजनीतिक इतिहासमा कुनै सांसदसित भएको यस किसिमको घटना पहिला कहिल्यै देखिएको थिएन।

उनले भने, राज्यका जनताले सम्पूर्ण घटनामाथि नजर राखिरहेका छन् जसको जवाफ समय आएपछि दिनेछन्। उनले आरोप लगाए, गत 4 मईदेखि यता राज्यका विभिन्न भागहरूमा तृणमूल कङ्ग्रेसका कार्यकर्ता अनि समर्थकहरूमाथि लगातार हमला भइरहेको छ। उनले यसलाई लोकतन्त्रमाथि हमला बताउँदै भने, पार्टीले यस किसिमका घटनाहरूलाई कुनै पनि स्थितिमा सहन गर्नेछैन।

जिल्ला अध्यक्षले भने, हमलाको पछाड़ि को-को लुकेको छ, यसको जाँच तथा पहिचान पार्टीका शीर्ष नेतृत्व तथा सम्बन्धित एजेन्सीले गर्नेछ। उनले माग गरे, घटनामा सामेल सबै दोषीहरूलाई शीघ्र पक्राउ गरी कड़ाभन्दा कड़ा सजाय दिइयोस्।

तृणमूल कङ्ग्रेसका नेताहरूले चेताउनी दिए, यदि दोषीहरूविरूद्ध उचित कारबाही गरिएन भने पार्टीले राज्यभरि नै व्यापक आन्दोलन गर्नेछ।धरना प्रदर्शनमा कार्यकर्ताहरूले अभिषेक ब्यानर्जीको समर्थनमा नाराबाजी गरे साथै लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नको लागि एकजुट भएर सङघर्षलाई जारी राख्ने सङ्कल्प लिए। यस अवसरमा आसनसोल नगरनिगमका मेयर विधान उपाध्याय, उपमेयर अभिजीत घटक, वशिम उल हक, हरेराम सिंह आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande