
सिलगढ़ी, 31 मई (हि.स.)। विश्व सम्वाद केन्द्र उत्तर बङ्गालको पहलमा आइतवार सिलगढ़ीमा नारद जयन्ती मनाइरहेको छ। यो काकर्यक्रम शहरको दीनबन्धु मञ्चमा आयोजना भइरहेको छ।
यस कार्यक्रममा सामेल हुनका लागि पश्चिम बङ्गालका राज्यपाल आर.एन. रवि आज बागडोगरा हवाईअड्डामा आइपुगे।
आफ्नो एक दिवसीय सिलगढ़ी भ्रमण अवधि राज्यपालल बागडोगरा हवाईअड्डादेखि सर्किट हाउस हुँदै सोझै दीनबन्धु मञ्चमा पुग्नेछन् जहाँ उनी मुख्य अतिथिका रूपमा कार्यक्रममा सामेल हुनेछन्।
कार्यक्रम समाप्त भएपछि राज्यपालको कोलकाता फर्किने कार्यक्रम रहेको छ। बागडोगरा हवाईअड्डामा आएपछि राज्यपालसित तृणमूल कङ्ग्रेसका सांसद अभिषेक ब्यानर्जीमाथि भएको हमलालाई लिएर पत्रकारहरूद्वारा प्रश्न सोधिएको थियो, तर उनले कुनै प्रतिक्रिया व्यक्त गरेनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा