असमः रङ्गियाको प्राथमिक विद्यालय परिसरमा पाकिस्तानको झण्डा भेटिएकोले तनाउ, घटनाको जाँच शुरू
असमः रङ्गियाको प्राथमिक विद्यालय परिसरमा पाकिस्तानको झण्डा भेटिएकोले तनाउ, घटनाको जाँच शुरू


कामरूप (असम), 31 मई (हि.स.)। असमको रङ्गिया क्षेत्रस्थित निज हचङ्ग प्राथमिक विद्यालयको परिसरमा आइतवार पाकिस्तानको झण्डा भेटिएको घटनापछि स्थानीय स्तरमा तनाउपूर्ण माहोल सृजना भएको छ। यस घटनापछि स्थानीय मानिसहरूमा आक्रोस देखियो। प्रशासनले तुरून्तै घटनाको जाँच शुरू गरेको छ।

जानकारी अनुसार आइतवार बिहान शिक्षक तथा विद्यार्थीहरू स्कूल पुग्दा उनीहरूले परिसरको एउटा अग्लो ठाउँमा पाकिस्तानको झण्डा लगाएको पाए। घटनाको सूचना पाउनसाथ स्थानीय मानिसहरू तथा विभिन्न सङ्गठनका सदस्यहरू घटनास्थलमा पुगे। उनीहरूले घटनाको निन्ता गर्दै उच्चस्तरीय जाँचको माग गरे।

घटनाको जानकारी पुलिसलाई दिइयो। रङ्गिया थानाको पुलिस टीमले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले उक्त झण्डालाई आफ्नो कब्जामा लिएर मामिलाको जाँच शुरू गरेको छ।

यस अवधि केही सङ्गठनहरूले घटनाको विरोधमा प्रदर्शन गर्दै दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग समेत गरे। पुलिसले वरिपरीका सीसीटीभी फुटेजहरूको जाँच गरिरहेको छ ताकि आरोपीलाई चिन्हित गर्न सकियोस्।

प्रशासनले मानिसहरूलाई शान्ति कायम राख्ने अपील गर्दै भनेको छ, मामिलाको गम्भीर रूपमा जाँच गरिँदैछ। दोषीहरूमाथि कानून अन्तर्गत कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande