साहित्य कला सङ्गम आयोजना गरिने
साहित्य कला सङ्गम आयोजना गरिने


गान्तोक, 31 मई (हि.स.)। आगामी 5 जून 2026 को दिन विश्व पर्यावरण दिवसको अवसरमा नेपाली साहित्य परिषद् सिक्किम र वृहस्पति प्रसाईँ सरकारी उच्चत्तर माध्यमिक विद्यालयको संयुक्त तत्त्वावधामा विचार कला सङ्गम कार्यक्रम आयोजना गरिने भएको छ। वृहस्पति प्रसाईँ स्कूलको प्राङ्गाणमा आयोजन गरिने कार्यक्रममा बिरुवा रोपनसँगै पर्यावरण सचेतना र नागरिक दायित्त्वमाथि वार्ता प्रस्तुत गरिनेछ। यसका साथै स्कूलका विद्यार्थीहरूद्वारा साहित्यिक रचना र साङ्गीतिक प्रस्तुति हुनेछ।

नेपाली साहित्य परिषद् सिक्किमले पछिल्लो तीन वर्षदेखि गान्तोकदेखि बाहिर निस्किएर गाउँमा साहित्यिक गतिविधिहरू सञ्चालन गर्ने र स्थानीय प्रतिभाहरूको कलालाई प्रस्तुत गर्ने जमर्को गर्दै विभिन्न जिल्लाहरूमा साहित्य कला सङ्गम कार्यक्रम आयोजन गर्दै आएको छ। यसैअन्तर्गत यसपल्ट परिषद्ले वृहस्पति प्रसाईँ स्कुलसँगको संयुक्त तत्त्वावधानमा कार्यक्रम आयोजन गर्ने निर्णय लिएको हो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande