
नयाँ दिल्ली, 31 मई (हि.स.)। दिल्ली नगरनिगम औ दिल्ली लोक निर्माण विभागले संयुक्त रूपमा शालीमार बागमा सड़क चौड़ाकरण गर्नको लागि व्यापक सुरक्षा व्यवस्थाबीच 157 वटा अवैध भवनहरूलाई भत्काउने कारबाही शुरू गरेको छ। यो कारबाही दिल्ली उच्च अदालतको आदेशपछि गरिएको हो। उच्च अदालतले यहाँ बस्ने मानिसहरूलाई 30 मईसम्ममा भवन खाली गर्ने आदेश दिएको थियो।
आइतवार बिहानदेखिकै भारी सुरक्षा तैनाथी औ दिल्ली पुलिसका जवानहरू र प्यारामिलिट्री फोर्सको साथमा अतिक्रमण विरोधी तोड़फोड़ कारबाही भइरहेको छ।
उल्लेखनीय छ, सड़क चौड़ाकरण गर्ने प्रस्तावपछि 167 वटा भवनहरूलाई पहिला नै नोटिस जारी गरिएको थियो जसमा 30 मईभित्रमा भवन खाली गर्ने निर्देश दिइएको थियो। यो मामिला दिल्ली उच्च अदालत र उच्चतम अदालतसम्म पुग्यो, तर राहत नपाएपछि निर्धारित समय-सीमा समाप्त हुनसाथ ध्वस्तीकरणको कारबाही शुरू गरियो। सड़क चौड़ादार भएपछि आउटर रिङ्ग रोडदेखि आजादपुर मण्डीसम्म जाने मार्गलाई सञ्जय गान्धी ट्रान्सपोर्ट नगरसित सोझै जोड़िनसक्छ जसबाट यातायात व्यवस्थामा सुधार आउने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा