अभिषेक ब्यानर्जीसित जे भयो त्यस्तो हुनु हुँदैनथ्यो: दिलीप घोष
अभिषेक ब्यानर्जीसित जे भयो त्यस्तो हुनु हुँदैनथ्यो: दिलीप घोष


कोलकाता, 31 मई (हि.स.)। पश्चिम बङ्गालमा वरिष्ठ भाजपा नेता औ राज्यका मन्त्री दिलीप घोषले तृणमूल कङ्ग्रेसका लाेकसभा सांसद अभिषेक ब्यानर्जीमाथि भएको हमलाको निन्दा गरेका छन्। आइतवार बिहान सम्वाददाताहरूसित बातचित गर्दै दिलीप घोषले भने, अभिषेक ब्यानर्जीसित जे भयो त्यस्तो हुनु हुँदैनथ्यो। कसैलाई पनि कानूनलाई आफ्नो हातमा लिने अधिकार छैन। तथापि आक्रोश गर्नेहरू ती पीड़ितहरू हुन् जसले पछिल्लो 15 वर्षमा धेरै कुरा झेलेका छन्। प्रत्येक व्यक्तिलाई सताइएको छ।

दिलीप घोषले भने, मानिसहरूभित्र कुण्ठा परेको यो आक्रोश कहीँ न कतै त आवश्य विस्फोट हुनेछ। उनले (अभिषेक ब्यानर्जी)- ले चुनाउ परिणामलाई ध्यानमा राखेर स्थितिलाई बुझ्नुपर्थ्यो। तपाई त्यहाँ नायकको रूपमा सम्मानित हुनका लागि किन जानु भएको थियो?

दिलीप घोषले थपे, 22 वटा कारहरूको लस्कर लिएर घुम्ने व्यक्ति यसरी हीरो बन्ने चेष्टा गर्दा के हुन्छ? पीड़ित मानिसहरू अवसरको खोजीमा छन्। मानिसहरूलाई तपाईले यो अवसर किन दिरहनु भएको छ?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande