
कोलकाता, 08 मई (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले भारतीय जनता पार्टी (भाजपा) ले बङ्गालका जनताको विश्वासलाई टुट्न नदिने बताएका छन्। शुक्रबार कोलकाताको विश्व बङ्गला कन्भेन्सन सेन्टरमा भाजपाको विधायक दलको बैठकपछि संवाद माध्यमहरूलाई सम्बोधन गर्दै अमित शाहले भने, 'भाजपा र नरेन्द्र मोदीलाई विश्वास गरेर बङ्गालका जनताले दिएको शानदार विजयका लागि म आभारी छु। तपाईँहरूको विश्वास नडगमगाओस् भन्ने हामी सुनिश्चित गर्नेछौँ। हामी सोनार बङ्गालको लक्ष्यलाई जारी राख्ने छौं।'
गृहमन्त्रीले अब घुसपैठ र गाई तस्करी हुने छैन भनी आश्वासन दिए। राजनीतिक हिंसामा मारिएका पार्टी कार्यकर्ताहरूलाई स्मरण गर्दै अमित शाहले यो जितका लागि 321 जना भाजपाका कार्यकर्ताहरूले आफ्नो ज्यान गुमाएको बताए। उनले भने, मैले देशभरि यात्रा गरेको छु। हामीले केरला र बङ्गालबाहेक अरू कतै यस्तो हिंसा देखेका छैनौँ। अमित शाहले राजनीतिक हिंसाबाट पीडित 321 जना भाजपाका कार्यकर्ताका परिवारलाई सलाम गरे।
अमित शाहले बङ्गालमा ठूलो विजयका लागि बङ्गालका जनताका साथै निर्वाचन आयोग, राज्य प्रशासन र राज्य पुलिसलाई धन्यवाद दिए। यससँगै उनले स्वामी रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, महर्षि अरविन्दो र रवीन्द्रनाथ टैगोरजस्ता महान व्यक्तित्वलाई पनि स्मरण गरे।
हिन्दुस्थान समाचार / बिशाल