
गान्तोक, 08 मई (हि.स.)। सिक्किम सरकारको 'सुनौलो, समृद्ध र समर्थ सिक्किम निर्माण' अभियान अन्तर्गत मानेबुङ-देन्ताम समष्टिमा सिक्किम गरीब आवास योजना अन्तर्गत निर्माण गरिएका १० वटा पक्का घरको आज क्षेत्र विधायक सुदेश कुमार लिम्बूले उद्घाटन गरी लाभार्थीहरूलाई गृह प्रवेश गराएका छन्।
विधायक सुब्बाले सरकारको जनमुखी योजना गाउँ-गाउँमा ठोस परिणामका रूपमा देखिन थालेको बताउँदै यस्ता योजनाले ग्रामीण जीवनस्तर उकास्न ठूलो योगदान पुर्याइरहेको बताए।
लाभार्थीहरू मध्ये सञ्चराज लिम्बू र सन छिरिङ लेप्चाले मुख्यमन्त्री प्रेमसिंह तामाङ एवं विधायक सुदेश कुमार लिम्बूप्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन्।
उद्घाटन कार्यक्रममा डीएसीएसका सल्लाहकार अशोक प्रधान, सेबका अध्यक्ष जेबी तामलिङ, ग्रामीण विकास विभागका ओएसडी कृष्ण लेप्चा, देन्ताम खण्ड विकास अधिकारी छिरिङ वाङ्दी भोटिया लगायत आरएमडीडी विभागका अभियन्ताहरू र एसकेएम पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल