नेहुर बालासन गुराँस परिवार समाजद्वारा मानिसहरू हिँड्ने बाटो निर्माण
नेहुर बालासन गुराँस परिवार समाजद्वारा मानिसहरू हिँड्ने बाटो निर्माण


सोनादा, 08 मई (हि.स.)। नेहुर बालासन गुराँस परिवार समाजद्वारा मानिसहरू हिँड्ने बाटो निर्माण गरिएको छ। नेहुर बालासन चियाबारी सिरान गाउँ गुराँस परिवार समाजले बाटो निर्माण गरेर 'प्रार्थना गर्ने ओठभन्दा सेवा गर्ने हात महान' भन्ने भनाईलाई चरितार्थ गरेको छ।

गाउँस्थित डाँडा स्व बसन्त गुरूङ स्मारकदेखि बबी घिमिरेसम्म गाउँमा जाने बाटोको अवस्था एकदमै खराब थियो। यस कारण गाउँका विशेष बुढ़ा बुढ़ी, श्रमिकवर्ग, बिमारीहरु, स्कूले विद्यार्थीवर्ग, ग्रामवासीहरूलाई हिँड्न धेरै नै असुविधा भइरहेको थियो। उक्त बाटो हुँदै मानिसहरू सौदापात बोकेर हिँडडुल गर्न पनि धेरै समस्या थियो।

गाउँको उक्त समस्यालाई मध्यनजर गरेर समाजको विशेष पहलमा मानिसहरू हिँड्ने बाटो निर्माण कार्य गरिएको हो। बाटो निर्माण गरिएपछि गाउँवासीहरूले धेरै नै सुविधा उपभोग गरिरहेका छन्। उक्त बाटो निर्माण कार्यको निम्ति स्थानीय एम होप चियाबारी निवासी समाजसेवी निलन धमाला गोर्खेले महत्वपूर्ण सहयोग गरेकोमा सम्पूर्ण ग्रामवासी एवं गुराँस परिवार समाजले धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande