
गान्तोक, 08 मई (हि.स.)। सिक्किम सरकारको योजना एवं विकास विभागका नवनियुक्त सचिव तुषार निखारेले आज लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। यो भेटघाट उनले आफ्नो नयाँ जिम्मेवारी ग्रहण गरेको अवसरमा गरिएको थियो।
लोकभवनका अनुसार, राज्यपालले नवनियुक्त सचिव निखारेलाई नयॉं जिम्मेवारीको लागि शुभकामना एवं बधाई दिए। यस अवसरमा राज्यपालले निखारेको जिल्लापालको रूपमा पूर्व कार्यकालको पनि प्रशंसा गरे।
हिन्दुस्थान समाचार / बिशाल