जोरहाटमा दुई नाबालिकको यौन शोषण गरेको आरोपमा बुुजुर्ग पक्राउ
जोरहाटमा दुई नाबालिकको यौन शोषण गरेको आरोपमा बुुजुर्ग पक्राउ


जोरहाट (असम), 09 मई (हि.स.)। जिल्लाको चेनीजानस्थित रामपुर भकत गाउँमा भएको एक भयानक घटनाले सम्पूर्ण क्षेत्रमा खैलाबैला मचाएको छ। पुलिसले आज बतायो, दुई नाबालिक किशोरीहरूसित बलात्कार गरेको गम्भीर आरोप एक जना 65 वर्षीय वृद्धमाथि लागेको छ।

आरोप अनुसार गए 7 मईको साँझ भएको यस घटनापछि एक जना पीड़ित किशोरीले मानसिक आघात सहन गर्न नसकेर आत्महत्याको बाटो अप्नाई। यस घटनाको कारण सम्पूर्ण क्षेत्रमा शोक अनि क्रोध फैलिएको छ।

यसबीच पुलिसले मामिलाका आरोपी राधेश्याम बौरी नामक व्यक्तिलाई पक्राउ गरेको छ। घटना बारे जानकारी पाउनसाथ पुलिसले तुरून्त जाँच शुरू गऱ्यो अनि विभिन्न दिशामा जाँचबुझलाई जारी राखेको छ।

रामपुर भकत गाउँका मानिसहरूमा यस घटनाको कारणले व्यापक आक्रोश फैलिएको छ। पुलिसले स्थितिलाई नियन्त्रण गर्नको लागि आवश्यक कदम उठाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande