
देवरिया, 09 मई (हि.स.)। उत्तर प्रदेशमा देवरिया जिल्लाको भाटपार रानी थाना क्षेत्रमा शनिवार एकजना युवतीसित दुष्कर्म भएको मामिला सामु आएको छ। पीड़िताको सिकायतमा पुलिसले गाउँकै एकजना युवकविरूद्ध मुद्दा दर्ता गरी जाँच शुरू गरेको छ।
थानाध्यक्ष अभिषेक रायले बताए, पीड़िताले पुलिसलाई दिएको सिकायतमा बताई कि गत 3 मईको राती स्थानीय सन्तोषले उसलाई घरमा एक्लै देखेर बलजप्ती दुष्कर्म गऱ्यो अनि भाग्यो। आरोपीले उसलाई धम्की दियो, यदि उसले कसैलाई यो कुरा बतायो भने ज्यान गुमाउनु पर्नेछ। घटनापछि पीड़िताले आफ्नो पितालाई सबै कुरा बताई। त्यसपछि भोलिपल्ट परिजनले उसलाई लिएर थानामा पुग्यो अनि आरोपीविरूद्ध रिपोर्ट दर्ता गऱ्यो। परिवारको आरोप छ, शुरुआती स्तरमा पुलिसले ममिलामा तत्काल कारबाही गरेन जसबाट परिवारमा असन्तुष्टि बढ़्यो। त्यसपछि पीड़ितालाई लिएर परिवार पुलिस अधीक्षक अभिजीत आर. शङ्कर समक्ष पुग्यो। पुलिस अधीक्षकको निर्देशमा भाटपार रानी पुलिसले आरोपी युवकविरूद्ध दुष्कर्मको मुद्दा दर्ता गऱ्यो। साथै पीड़ितालाई मेडिकल परीक्षणको निम्ति पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा