
आमिर खान र निर्देशक आशुतोष गोवारिकरको सुपरहिट जोडी फेरि एकपटक ठूलो पर्दामा एकसाथ देखिनेछन्। 'लगान' जस्तो ऐतिहासिक फिल्म दिएको लगभग 25 वर्षपछि यी दुईजना दिग्गज भारतीय क्रिकेटर लाला अमरनाथको बायोपिकका लागि एकसाथ आउँदैछन्। क्रिकेटको पृष्ठभूमिमा बनेको यस फिल्मलाई लिएर प्रशंसकहरू पहिले नै उत्साहित छन्।
रिपोर्टका अनुसार, आमिर खानले पीरियड स्पोर्ट्स ड्रामालाई ग्रिनलिट गरेका छन्। यो फिल्म भारतीय क्रिकेटका दिग्गज लाला अमरनाथको जीवनमा आधारित हुनेछ र क्रिकेटसँगै सन् 1947 को भारत-पाकिस्तान विभाजनको भावनात्मक कथालाई पनि देखाउने छ। फिल्मको स्क्रिप्टमा लामो समयदेखि काम भइरहेको र राजकुमार हिरानी र अभिजात जोशीले पनि यसको अन्तिम ड्राफ्टमा आफ्ना सुझाउ दिएका छन्।
फिल्मको छायाङ्कन सेप्टेम्बर 2026 बाट शुरु हुने सम्भावना छ, जबकि यसको तयारी यस वर्षको अन्त्यसम्ममा शुरु हुन सक्छ। रिपोर्टका अनुसार, फिल्ममा आमिर खानबाहेक अर्का ठूला अभिनेताको प्रवेश हुन सक्छ, जसले लाला अमरनाथको घनिष्ठ साथीको भूमिका निर्वाह गर्नेछन्। निर्माताहरूबाट आधिकारिक घोषणाको अहिले प्रतिक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल