
मेदिनीपुर, 09 मई (हि.स.)। राज्यका नयाँ मुख्यमन्त्रीको रूपमा शुभेन्दु अधिकारीको नाम घोषणा भएपछि पूर्व मेदिनीपुर जिल्लाको कान्थी, नन्दीग्राम तथा बेलदामा भारतीय जनता पार्टी (भाजपा) कार्यकर्ता एवं समर्थकहरूबीच गए शुक्रवार अबेर रातीसम्म व्यापक उत्साह देखियो। ठाउँ-ठाउँमा जुलूस निकालेर, मिठाई बाँड़ेर उत्सव मनाइयो।
कान्थी र नन्दीग्राममा भाजपा कार्यकर्ताहरू ठूलोसङ्ख्यामा शुभेन्दु अधिकारीको घर अगाड़ी भेला भए। यस अवधि अबीर खेलियो, पटाका पड़्काइयो तथा समर्थकहरूले “जय श्रीराम”- को नारा लगाउँदै खुशी व्यक्त गरे। कतिपय स्थानहरूमा कार्यकर्ताहरूले जुलूस निकालेर भाजपाको जीतको उत्सव मनाए।
पश्चिम मेदिनीपुरको बेलदा क्षेत्रमा नारायणगढ़का भाजपा कार्यकर्ताहरूले जुलूस निकाले। कार्यकर्ताहरूले शुभेन्दु अधिकारीको तस्वीर हातमा बोकेर शहर परिक्रमण गर्दै मानिसहरूलाई बधाई दिए। यस कार्यक्रममा नारायणगढ़ क्षेत्रका भाजपा नेता गौरी शङ्कर अधिकारी, रामलाल जाना सहित केही कार्यकर्ताहरू उपस्थित थिए।
भाजपा विधायक रमा प्रसाद गिरीले भने, यो जीत पश्चिम बङ्गालमा राजनीतिक परिवर्तनको नयाँ शुरूआतको सङ्केत हो। जुलूस र उत्सवलाई मध्यनजर गर्दै कतिपय स्थानहरूमा शान्ति व्यवस्था कायम राख्नको लागि पुलिस बल पनि तैनाथ रह्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा