
गुवाहाटी, 09 मई, (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-को विधायक दलको बैठकको समयमा फेरबदल गरिएको छ। पहिला यो बैठक 9 मईमा आयोजना हुने भएको थियो जसलाई अब पुनर्निर्धारित गरिएको छ।
अब भाजपा विधायक दलको बैठक 10 मईको बिहान 09 बजी आयोजना हुनेछ। त्यसपछि राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग)- को बैठक पनि आयोजना गरिनेछ। पार्टी सूत्र अनुसार बैठकमा औपचारिक रूपमा विधायक दलको नेता चयन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा