
जलपाईगुड़ी, 09 मई (हि. स.)। टिस्टा नदीको किनारबाट बेपत्ता चिया स्रमिकको सड़िसकेको शव भेटिएको घटनाले व्यापक रूपमा सन्त्राष फैलाएको छ। मृतकको पहिचान रतिया उराँउको रूपमा भएको छ जो जलपाईगुड़ीको भाण्डीगुड़ी चिया बगानका श्रमिक रहेको बताइएको छ।
स्थानीय सूत्र अनुसार मतदान भएदेखि नै रतिया बेपत्ता भएका थिए। परिवारजनले उनलाई सबैतिर खोजतलास गरे पनि कुनै सुइँको लागेन। शनिवार बिहान सिट्टा नदीको किनारमा गाई-गोरू चराउन गएका केही स्थानीय मानिसहरूले सड़िसकेको एउटा शवलाई देखे। उनीहरूले पुलिसलाई सूचना दिए। पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदियो।
प्रारम्भिक रूपमा सवको पहिचान रतिया उराँउको रूपमा गरिएको छ। तिनको मृत्यु कसरी भयो, पत्तो लगाउनको लागि पुलिसले जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा