
श्रीभूमि (असम), 09 मई, (हि.स.)। असमको श्रीभूमि जिल्ला अन्तर्गत पाथारकान्दी क्षेत्रमा गए राति भएको एक भयानक सड़क दुर्घटनामा बाइक सवार एक जना व्यक्तिको मृत्यु भयो। भनिन्छ, यो दुर्घटना त्यसबेला भएको हो जतिबेला बाइक सवार त्रिपुराको पानी सागर क्षेत्रबाट आफ्नो घर फर्किरहेका थिए।
जानकारी अनुसार बाइक सवारले अचानक नियन्त्रण गुमायो जसले गर्दा बाइक दुर्घटनाग्रस्त भयो। दुर्घटनामा बाइक चालकको मृत्यु भयो।
पुलिसले आज बतायो, मृतकको पहिचान रामकृष्णनगर निवासी प्रतुल मलाकारको रूपमा गरिएको छ। प्रतुल क्षेत्रका एकजना प्रतिष्ठित व्यवसायी रहेको बताइएको छ। घटनापछि क्षत्रमा शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा