पश्चिम बङगालमा विकासको नयाँ युग शुरू भयो: मुख्यमन्त्री साय
पश्चिम बङगालमा विकासको नयाँ युग शुरू भयो: मुख्यमन्त्री साय


-छगका मुख्यमन्त्री सायले शुभेन्दु अधिकारीलाई दिए बधाई एवं शुभकामना

रायपुर 09 मई (हि.स.)। पश्चिम बङ्गालको राजनीतिमा आज एक ऐतिहासिक अध्याय जोड़ियो जतिबेला शुभन्दु अधिकारीले पश्चिम बङ्गालका मुख्यमन्त्री पदको शपथ लिए। पछिल्लो लामो समयदेखिकै परिवर्तनको प्रतिक्षा गरिरहेका जनताको आशाले नयाँ दिशा पायो भने पश्चिम बङ्गालमा सत्ता परिवर्तनको सपना साकार भयो।

यस अवसरमा छत्तीसगढ़का मुख्यमन्त्री विष्णुदेव सायले कोलकाता पुगेर पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीसित शिष्टाचार भेट गरे। मुख्यमन्त्री सायले पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अदिकारी सहित शपथ ग्रहण गर्ने सबै मन्त्री परिषदका सदस्यहरूलाई हार्दिक बधाई एवं शुभकामना दिँदै उनीहरूको सफल कार्यकालको कामना गरे।

मुख्यमन्त्रीले भने, यो जनादेश सरकार परिवर्तनको मात्र नभएर पश्चिम बङ्गालमा विकास, सुशासन र नयाँ कार्य संस्कृति स्थापना गर्ने जनसङ्कल्प पनि हो।सायले विश्वास व्यक्त गरे, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्व तथा डबल इञ्जिनको सरकारको शक्तिबाट पश्चिम बङ्गालले विकासको नयाँ उचाईँ हासिल गर्नेछ।

मुख्यमन्त्रीले भने, नयाँ सरकारको माध्यमबाट राज्यका युवाहरूलाई रोजगारको उच्च अवसर प्राप्त हुनेछ, किसानहरूलाई समृद्धिको मार्ग प्राप्त हुनेछ तथा मातृशक्तिलाई सशक्त र सुरक्षित वातावरण प्राप्त हुनेछ। उनले भने, पश्चिम बङ्गाालका जनताले विकास, पारदर्शिता र सुशासनको पक्षमा आफ्नो स्पष्ट विश्वास व्यक्त गरेका छन्।

उनले भने, शुभेन्दु अधिकारीको नेतृत्वमा पश्चिम बङ्गाल नयाँ ऊर्जा र नयाँ दिशा लिएर अगाड़ि बढ़्नेछ। राज्यमा आमा तथादिदी-बहिनीहरूको सुरक्षा सुनिश्चित हुनेछ, युवाहरूलाई उनीहरूको सपना अनुरूप अवसर प्राप्त हुनेछ तथा पश्चिम बङ्गालमा फेरि सोनार बङ्गलाको अवधारणालाई साकार पार्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande