
गुवाहाटी, 09 मई, (हि.स.)। असम विधानसभा चुनाउमा भएको कङ्ग्रेसको हारलाई लिएर भारतीय जनता पार्टी (भाजपा) र असम गण परिषद (अगप)-का केही विधायकहरूले शनिवार कङ्ग्रेसमाथि चर्को प्रहार गरे। नेताहरूले कङ्ग्रेसको पराजयको लागि नेतृत्वहीनता, कमजोर सङ्गठन एवं स्पष्ट रणनीतिको अभावलाई जिम्मेवार ठहराए। आज केही विधायकहरूले पत्रकारहरूसित बातचित गर्द कङ्ग्रेसमाथि आरोप लगाए।
ढेकियाजुलीका विधायक अशोक सिङ्घलले भने, कङ्ग्रेससित न नेता छ, न नीति, न त कुनै दिशानिर्देश नै। उनले प्रश्न उठाए, नीतिविहीन दललाई असको जनताले किन अप्नाउँछ? उनले आरोप लगाए, असमको विकासको विरोध गरेको कारणले जनताले कङ्ग्रेसलाई स्थायी रूपमा नकारेका छन्।
थावराका विधायक सुशान्त बरगोहाईले भने, कङ्ग्रेस कुनै ठोस रणनीति बिनै चुनाउ मैदाना उत्रियो जसकारण उसलाई हारको सामना गर्नु पऱ्यो। उनले भने, कङ्ग्रेसको वर्तमान स्थिति कमजोर सङ्गठनात्मक अनुभवको परिणाम हो।
माकुमका भाजपा विधायक सञ्जय किसानले भने, कङ्ग्रेसले आफ्नो कर्मको फल भोगिरहेको छ। उनले आरोप लगाए, कङ्ग्रेसले सदैव असम र असमियाहरूको सुरक्षा एवं हितविरूद्ध बोल्दै आएको छ।
बिलासीपाराका अगप विधायक जीबेश रायले कङ्ग्रेस नेता गौरव गोगोईको अहङ्कारलाई पार्टीको पतनको कारण बताए। उनले भने, खिलञ्जिया (स्थानीय) जनताले हृदयबाटै कङ्ग्रेसलाई विदा दिएका छन्।
माजुलीका विधायक भुबन गामले भने, कङ्ग्रेसले 60 वर्षमा कुनै उल्लेखनीय काम गर्न सकेन। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नेतृत्वमा भएका विकास कार्यहरूको कारणले नै कङ्ग्रेस पूर्ण रूपले परास्त भएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा