उपमुख्यमन्त्री शुक्लले पश्चिम बङ्गालका नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई दिए बधाई
उपमुख्यमन्त्री शुक्लले पश्चिम बङ्गालका नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई दिए बधाई


भोपाल, 09 मई (हि.स.)। मध्य प्रदेशका उपमुख्यमन्त्री राजेन्द्र शुक्लले शनिवार कोलकातामा पश्चिम बङ्गालका नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीसित आत्मीय भेट गरी उनलाई मुख्मन्त्री पदको शपथ ग्रहण गरेकोमा हार्दिक बधाई अनि शुभकामना प्रेषित गरे।

उपमुख्यमन्त्री शुक्लले भने, पश्चिम बङ्गालका जनताद्वारा दिइएको यो ऐतिहासिक जनादेशले प्रदेशको विकास, सुशासन, सुरक्षा एवं राष्ट्रवादी विचारधाराप्रति जनताको अटुट विश्वासलाई नयाँ बल प्रदान गर्नेछ।

उपमुख्यमन्त्री शुक्लले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन एवं मुख्यमन्त्री अधिकारीको नेतृत्वमा पश्चिम बङ्गाल विकास एवं जनकल्याणको क्षेत्रमा नयाँ उचाईँ तर्फ अग्रसर हुनेछ अनि राज्यले प्रगति र समृद्धिको नयाँ प्रतिमान स्थापना गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande