
चण्डीगढ़, 09 मई (हि.स.)। प्रवर्तन निदेशालयद्वारा खरड़को वेस्टर्न टावर्समा कथित लायजन एजेन्ट नितिन गोहलको फ्ल्याटमा गरिएको छापामारी शनिवार सवेरै एक बजे समाप्त भयो भने अन्य ठेगानाहरूमा खोजी तथा जफतीको कारबाही 48 घण्टाभन्दा अधिक समयसम्म चलिरह्यो। यस कारबाहीलाई पञ्जाबमा कथित चेञ्ज अफ ल्याण्ड यूज घोटालासित जोड़ेर हेरिँदैछ।
ईडी अधिकारीहरू सीआरपीएफका जवानहरूको साथमा गोहलको नवौं तलामा अवस्थित फ्ल्याटबाट तीन वटा वाहनहरूमा केही दस्तावेहरू लिएर बाहिरिए। भनिन्छ, लगभग 40 घण्टासम्म चलेको जाँचबुझ अवधि गोयल घरदेखि बाहिर निक्लेनन्। उनलाई पूर्ण रूपले थकित र मानसिक दबावमा रहेको देखियो।
यो फ्ल्याट त्यसबेला चर्चामा आएको थियो जतिबेला सोशल मीडियामा भाइरल भीडियोमा दुई वटा ब्यागमा भरिएको नगदलाई बालकनीदेखि तल फाल्दै गरेको देखियो। ईडीले आफ्नो आधिकारिक बयानमा पुष्टि गरेको छ, नवौं तलाबाट फालिएका दुई वटा ब्यागमा 21 लाख रुपियाँ नगद थियो जसलाई जफत गरिएको छ।
ईडी अधिकारीहरूको आरोप छ, नितिन गोहलले ती बिल्डरहरूलाई सहयोग गर्दथे जसले ग्रेटर मोहाली एरिया डेभलपमेन्ट अथोरिटीको फिस भुक्तान गरेका थिएनन्। एजेन्सी मुताविक गोहलले यस्ता बिल्डरहरूलाई “राजनीतिक संरक्षण” दिलाउनमा सहयोग गर्दथे। फेज-4 स्थित कारोबारी प्रीतपाल सिंह ढींढसाको घरमा पनि शनिवार बिहानसम्म छापामारी जारी रह्यो। यस अतिरिक्त मोहाली, न्यू चण्डीगढ़ र चण्डीगढ़का केही ठेगानाहरूमा ईडीको कारबाही चलिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा