
-इन्स्टाग्राम एवं टिण्डर एपमा युवतीहरूको नाममा फेक प्रोफाइल बनाएर गर्थ्यो च्याट
फरिदाबाद, 09 मई (हि.स.)। इन्स्टाग्राम र टिण्डर एपमा युवतीहरूको नाममा फेक प्रोफाइल बनाएर मानिसहरूसित अश्लील च्याट गरेपछि फेरि पुलिस अधिकारी भएर ती मानिसहरूबाट पैसा असुली गर्ने सेक्सटर्शन ऱ्याकेटको साइबर थाना सेन्ट्रल पुलिसले भण्डाफोर गर्दै मुख्य आरोपी सहित पाँच जना आरोपीहरूलाई पक्राउ गरेको छ। यी आरोपीहरूको पहिचान राजस्थान निवासी भगवान सिंह (27), देवा गुर्जर (21), बिजेन्द्र(25), धीरज(25) एवं मनीष (20)- को रुपमा भएको छ। आरोपीहरूलाई पुलिसले लोटस व्हाइट सोसाइटी जगतपुरा जयपुरबाट पक्राउ गरिएको हो।
पुलिस प्रवक्ता अनुसार ओल्ड फरिदाबाद निवासी एकजना व्यक्तिले साइबर थाना सेन्ट्रलमा सिकायत गर्दै बताए, गत 20 जनवरीमा सिकायतकर्तालाई एउटा कल आयो जसले आफूलाई पुलिस अधिकारी बतायो अनि फ्रड ट्रान्जेक्शनको मामिलामा एफआईआर दर्ता भएको र सेक्स च्याट गरेको डर देखाएर मामिलादेखि बच्ने नाममा उसलाई पैसा माग्यो। ठगहरूले बताए, ब्याङ्क खातामा सिकायतकर्ताले 45 हजार 308 रुपियाँ ट्रान्सफर गरेका थिए। प्रारम्भिक जाँचबुझमा थाहा लाग्यो, भगवान सिंह यस गिरोहको मुखिया हो। गिरोहका सदस्यहरूले इन्स्टाग्राम र टिण्डर एपमा युवतीहरूको फोटो हालेर फेक प्रोफाइल बनाउँथे अनि यदि कसैले उनीहरूको प्रोफाइलमा कुरा गरे उसलाई प्रलोभन देखाएर सेक्स च्याट गर्थ्यो। फोन कलमा भगवान सिंहले यवतीको आवाजमा बात गर्थ्यो। देवा गुर्जर, बिजेन्द्र र धीरजले सेक्स च्याट गर्थे भने मनीषले गिरोहको लागि खाता उपलब्ध गराउँथ्यो। यस घटनाक्रममा पनिआरोपीहरूले सिकायतकर्तासित यस्तै गरे अनि पछि पुलिस अधिकारी भएर फोनमा ठगीको घटनालाई परिणाम दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा