
पटना, 09 मई (हि.स.)। राजधानी पटनाको आईआईटी परिसर अमहरामा शनिवार एकजना छात्रको मृत्यु भयो। संदिग्ध परिस्थितिमा शव भेटिएपछि क्षेत्रमा खैलाबैला मचियो। मृतक युवकको पहिचान हर्षित पटनायकको रूपमा भएको छ जो तेलङ्गानाका हुन्।
पुलिस मुताविक शनिवार बिहान आईआईटी परिसरको बोइज होस्टेल छेउमा रहेको मैदानमा मानिसहरूले युवकको शव देखे। त्यसपछि स्थानीय प्रशासनलाई सूचित गरियो। प्रशासनले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। तथापि मृत्युको सही कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
स्थानीय मानिसहरूले बताए, गए शुक्रवार साँझ वर्षा तथा तीव्र हावा चलेको थियो जसले गर्दा परिसरका कतिपय ठाउँमा पानी भरिएको छ र बिजुलीको तार पनि झरेको छ। सम्भवतः युवक बिहान आफ्नो होस्टेलबाट घुम्न हिँड़ेको थियो, यसै अवधि यो दुर्घटना भयो। तथापि अहिलेसम्म आईआईटी प्रशासनका कुनै पनि अधिकारीको आधिकारिक बयान आएको छैन।
घटनाको पुष्टि गर्दै पटना पश्चिम सिटी एसपी भानु प्रताप सिंहले बताए, आईआईटी प्रशासनबाट जानकारी प्राप्त भयो कि परिसरमा एकजना युवकको शव लड़िरहेको छ जसपश्चात पुलिसको टीम र एफएसएल टीम घटनास्थलमा पुग्यो। युवकको मृत्यु कसरी भयो, अहिलेसम्म खुलासा भएको छैन।
उनले भने, युवकको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइँदैछ। पोस्टमर्टम रिपोर्टबाटै मृत्युको कारण खुलासा हुनसक्छ। मृतक छात्र हर्षित पटनायक आईआईटी पटनामा बीटेक चौथो सत्रका छात्र थिए। हाल तिनले मुम्बई आईआईएमबाट एमबीएको डिग्री गरिरहेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा