होर्मुज स्ट्रेट नजिकै डुंगामा आगो लाग्दा भारतीय नाविकको मृत्यु, चार घाइते
होर्मुज स्ट्रेट नजिकै डुंगामा आगो लाग्दा भारतीय नाविकको मृत्यु, चार घाइते


नयाँ दिल्ली, 09 मई (हि.स.)। होर्मुज जलडमरूमध्य (होर्मुज स्ट्रेट) नजिकै सामान्य समान बोकेको काठको डुङ्गा आगो लागेपछि पल्टियो। दुर्घटनामा एक भारतीय नाविकको मृत्यु भयो भने अन्य चार जना घाइते भए। शनिवार अधिकारीहरूले बताए अनुसार डुंगामा 18 जना भारतीय चालक दलका सदस्य सवार थिए।

सरकारी सूत्रहरू अनुसार, बिहिवार आगो लागेपछि समान बोकेको काठको डुंगा पल्टियो। आगलागीको सही कारण अझै पत्ता लागेको छैन। दुर्घटनापछि अर्को गुज्रिरहेको जहाजले चालक दलका सदस्यहरूलाई उद्धार गऱ्यो। घटनामा एक भारतीय नागरिकको मृत्यु भयो भने अन्य चार जना जलेका छन्। घाइतेहरूको दुबईमा उपचार भइरहेको छ र तिनीहरू सुरक्षित छन्।

भारतीय वाणिज्य दूतावासका अधिकारीहरूले शुक्रवार राति उद्धार गरिएका भारतीय नागरिकहरूसँग भेट गरे र डुंगा मालिकसँग सम्पर्कमा छन्। वाणिज्य दूतावासले प्रभावित भारतीयहरूलाई हर सम्भव सहयोग प्रदान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande