
अररिया 09 मई (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी-56 औं) वाहिनीको बाह्य सीमा चौकी जोगबनीद्वारा बीसीपीमा भारत-नेपालको सुरक्षा एजेन्सीको समन्वय समितिको बैठक शनिवार आयोजना गरियो जसमा सीमा पारी नेपालको सशस्त्र पुलिस बल, जोगबनी थानाको पुलिस र एसएसबी अधिकारीहरू सामेल भए। दुवै देशका सुरक्षा एजेन्सीहरूको बैठकपछि भारत-नेपाल सीमामा सुरक्षालाई लिएर संयुक्त गस्ती गरियो।
एसएसबीको पक्षबाट जोगबनी बाह्य सीमा चौकीका प्रभारी निरीक्षक हरेन्द्र सिंह, सहायक उपनिरीक्षक एन. रञ्जीत सिंह सहित चारजना अधिकारीहरू सामेल भए भने नेपाल एपीएफको पक्षबाट डीएसपी तिलक बहादुर खड़का, एसओएसका दुई प्रतिनिधि सहित आठ जना अधिकारीहरू सामेल भए। जोगबनी थानाको पक्षबाट बैठकमा सब-इन्स्पेक्टर विष्णुकान्त सहित अन्य दुई जना अधिकारीहरू सामेल भए।
बैठकमा बोर्डर सिक्योरिटी, तस्करी औ गस्ती सहित मादक पदार्थ र हतियार तस्करीमाथि मुख्य रूपमा चर्चा गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा