लोकसभा अध्यक्ष र केन्द्रिय मन्त्रीहरूले महाराणा प्रतापको जयन्तीमा दिए श्रद्धाञ्जलि
प्रताप


नयाँ दिल्ली, 09 मई (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरला, गृहमन्त्री अमित शाह र अन्य केन्द्रिय मन्त्रीहरूले वीरता र स्वाभिमानका प्रतीक महाराणा प्रतापलाई उनको जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे।

लोकसभा अध्यक्ष ओम बिरलाले महाराणा प्रतापलाई उनको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्दै भने, महाराणा प्रताप स्वतन्त्रता, आत्मसम्मान र राष्ट्रधर्मका जीवन्त प्रतीक थिए, जसले आफ्नो जीवनको हरेक क्षण मातृभूमिको रक्षा र स्वाभिमानको प्रतिष्ठाको निम्ति समर्पित गरे। उनले भने कि कठिन संघर्ष, अभाव र प्रतिकूल परिस्थितिहरूको बाबजुद पनि उनले कहिल्यै अधीनता स्वीकार गरेनन् र आफ्ना सिद्धान्तहरूमा अडिग रहे। हल्दीघाटीदेखि दिवेरसम्म उनको संघर्ष र मातृभूमिप्रतिको अपार समर्पण अनुकरणीय छ। महाराणा प्रतापको बलिदान, शौर्य र देशभक्तिले आउने पुस्तालाई सधैं प्रेरणा दिनेछ।

केन्द्रिय गृह तथा सहकारी मन्त्री अमित शाहले महाराणा प्रतापलाई उनको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्दै भने, भारतीय इतिहासमा स्वतन्त्रता, आत्मसम्मान र बलिदानका सर्वोच्च प्रेरणा स्रोत महाराणा प्रतापले आफ्नो जीवनको हरेक क्षण मातृभूमि, धर्म र संस्कृतिको रक्षा र यसको स्वाभिमानको पर्तिष्ठाको निम्ति समर्पित गरे। प्रतिकूल परिस्थिति, कठिनाइ र संघर्षको बावजुद, उनले आफ्नो सिद्धान्तसित कहिल्यै सम्झौता गरेनन्। मातृभूमिप्रतिको उनको अतुलनीय वीरता र समर्पणले अझै पनि प्रत्येक भारतीयको मनमा देशभक्तिको भावना जगाउँछ।

रक्षामन्त्री राजनाथ सिंहले भने, मातृभूमिको रक्षा गर्न आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने अदम्य साहस र अटूट आत्मसम्मानका प्रतिक वीर शिरोमणि महाराणा प्रतापलाई उनको जयन्तीमा नमन। उनको अतुलनीय साहस, वीरता र बलिदान भारतीय इतिहासमा सदैव स्वर्ण अक्षरमा अंकित रहनेछ। मातृभूमिको सम्मान र स्वतन्त्रताको लागि उनको संघर्षले भावी पुस्तालाई सधैं प्रेरणा दिनेछ।

कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खडगेले भने, महान योद्धा, वीर शिरोमणी महाराणा प्रताप, अदम्य साहस, स्वाभिमान र मातृभूमिप्रति अटल समर्पणका प्रतीक, सले वीरता र बलिदानको अमर गाथा लेखे, उनको जयन्तीमा नमन।

मेवाड़को सिसोदिया वंशका 13औं शासक महाराणा प्रताप (1540–1597) एक महान योद्धा र स्वतन्त्रताका प्रतीक थिए जसले अकबरको मुगल साम्राज्यको अगाड़ी झुक्न अस्वीकार गरे। उनले 1576 मा हल्दीघाटीको प्रसिद्ध युद्ध र आफ्नो विश्वासी घोड़ा चेतकको साथ अरावलीका जंगलहरूमा संघर्षमा गरी सर्वोच्च बलिदान, वीरता र देशभक्तिको उदाहरण प्रस्तुत गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande