59 वर्षपछि पूर्व मेदिनीपुरका सपूतलाई पुनः प्राप्त भयो बङ्गालको कमान
59 वर्षपछि पूर्व मेदिनीपुरका सपूतलाई पुनः प्राप्त भयो बङ्गालको कमान


कोलकाता, 9 मई (हि.स.)। लगभग साढ़े पाँच दशकपछि पश्चिम बङ्गालको सत्ता पुनः पूर्व मेदिनीपुर जिल्लाका सपूतको हातमा पुगेको छ। भारतीय जनता पार्टी (भाजपा)-का नेता शुभेन्दु अधिकारीलाई राज्यको मुख्यमन्त्री घोषणा गरिएपछि राजनीतिक जगतमा एउटा चाखलाग्दो ऐतिहासिक समानताको चर्चा शुरू भएको छ।

लगभग 59 वर्षअघि पूर्व मेदिनीपुरकै नेता अजय कुमार मुखर्जीले तामलुक र आरामबाग दुवै विधानसभा सीटबाट चुनाउ जितेर राज्यको सत्ता सम्हालेका थिए। त्यसताक उनले तमलुकमा भाजपाका उम्मेद्वार विश्वनाथ मुखर्जीलाई परास्त गरेका थिए भने आरमबागमा तत्कालीन मुख्यमन्त्री प्रफुल्ल च्द्र सेनलाई पराजित गरेका थिए।

अब हुबहु त्यस्तै स्थिति फेरि देख्न पाइएको छ। यसपालि शुभेन्दु अधिकारीले भवानीपुर र नन्दीग्राम दुवै सीटबाट चुनाउ लड़ेर जीत हासिल गरे। भवानीपुरमा उनले तृणमूल कङ्ग्रेसकी उम्मेद्वार तत्कालीन मुख्यमन्त्री ममता ब्यारन्जीलाई परास्त गरे। त्यसैले कतिपय मानिसहरूले यसलाई इतिहासको एक रोचक समानता बताइरहेका छन्।

इतिहास बताउँछ, अजय कुमार मुखर्जी पहिला बिधान चन्द्र रायको मन्त्रीपरिषदमा तीन पटक मन्त्री भएका थिए। पछि नले कङ्ग्रेसलाई छोड़ेर ‘बङ्गला कङ्ग्रेस’ नामक नयाँ दल बनाए अनि 1967 सालमा चुनाउ जितेर संयुक्त मोर्चा सरकारको पहिलो मुख्यमन्त्री भए। तथापि उनको सरकारको कार्यकाल अधिक समयसम्म चल्न सकेन र केही महिनाभित्रै सरकार ढल्यो। पछि उनी फेरि मुख्यमन्त्री भए, तर यो कार्यकाल पनि संक्षिप्त नै रह्यो।

राजनीतिक सङ्घर्षको मामिलामा पनि दुवै नेताबीच धेरै वटा समानता रहेको बताइँदैछ। शुभेन्दु अधिकारीले वर्ष 2020-मा ममता ब्यानर्जीको सरकारबाट राजीनामा दिएर भाजपामा सामेल भएका थिए साथै उनले सबै सरकारी पदहरूबाट पनि त्याग पत्र दिएका थिए। वर्ष 2021-को विधानसभा चुनाउमा नन्दीग्राम सीटबाट उनले ममता ब्यानर्जीलाई परास्त गरी ठूलो राजनीतिक सन्देश दिएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande