
कोलकाता, 9 मई (हि.स.)। पश्चिम बङ्गालमा रवीन्द्र जयन्ती कार्यक्रमलाई लिएर राजनीतिक विवाद सृजना भएको छ। तृणमूल कङ्ग्रेसले आरोप लगाएको छ, राज्य प्रशासनले कतिपय स्थानहरूमा रवीन्द्र जयन्ती मनाउने अनुमति दिएन। यस मुद्दामा पार्टीले भारतीय जनता पार्टी (भाजपा)-लाई लक्षित गरेको छ।
तृणमूल कङ्ग्रेसको भनाइ छ, तीन भिन्न स्थानहरूमा अराजनीतिक सङ्गठनहरूले रवीन्द्र जयन्ती मनाउने अनुमति मागेका थिए, तर प्रशासनले सबैलाई अनुमति दिन अस्वीकार गऱ्यो। पार्टीले सोशल मीडियामा यसलाई लिएर कटाक्ष गर्दै भन्यो, “नयाँ बङ्गाल” र “परिवर्तन” यही हो।
तृणमूल नेताहरूको भनाइ छ, यस किसिमको प्रयासले गुरूदेव रवीन्द्रनात टैगोरलाई मानिसहरूको हृदयदेखि अलग्गाउन सक्दैन। उनीहरूले बताए, पार्टी कार्यकर्ताले कालीघाटस्थित तृणमूल सुप्रीमो ममता ब्यानर्जीको घर नजिकै रवीन्द्र जयन्ती मनाउनेछन्।
स्मरण गराइन्छ, शनिवार 25 वैशाखको दिन गुरूदेव रवीन्द्र नाथ टैगोरको जयन्ती मनाइँदैछ। यसै दिन भाजपा नेता शुभेन्दु अधिकारीले पश्चिम बङ्गालको नयाँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरिरहेका छन्। ब्रिगेड परेड ग्राउण्डमा हुने समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृहमन्त्री अमित शाह सामेल हुनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा