
तारकेश्वर, 09 मई (हि. स.)। मध्यरात्रिमा पनि कर्तव्यप्रति आफ्नो प्रतिबद्धता देखाउँद तारकेश्वरका नवनिर्वाचित भाजपा विधायक सन्तु पालले एक पटक फेरि आफू मानिसहरूको साथमा रहेको सन्देश दिए। गए अबेर राति बिमार भएका एक जना पार्टी कार्यकर्तालाई सहायता गरेर उनले मानवीयताको उदाहरण प्रस्तुत गरे।
प्राप्त जानकारी अनुसार गए शुक्रवार अबेर राति तारकेश्वर क्षेत्रका एकजना भाजपा कार्यकर्ता अचानक गम्भीर रूपमा बिमार भए। परिवारले तिनलाई तुरून्तै तारकेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा पुऱ्यायो जहाँ चिकित्सकहरूले अवस्था गम्भीर देखेर उन्नत उपचारको लागि कोलकता रेफर गर्ने सल्लाह दिए।
यस घटनाको सूचना विधायक सन्तु पालले पाउनसाथ उनी स्वयं कोलकाताको मेडिकल कलेज एवं अस्पतालमा पुगे अनि बिमार कार्यकर्तालाई भर्ती गर्ने व्यवस्था गरियो। साथै उनले चिकित्सकहरूसित पनि रोगीको स्थितिलाई लिएर बातचित गरे।
विधायकको यस मानवीय पहलबाट पार्टी कार्यकर्ताहरूसँगसँगै आम मानिसहरू पनि धेरै प्रभावित भएका छन्। स्थानीय मानिसहरूको भनाइ छ, चुनाउमा जीत हासिल गरेपछि पनि सन्तुल पालले लगातार आम जनताको साथमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्।
यस सम्बन्धमा भाजपा कार्यकर्ता अभिजितले भने, मध्यरात्रिमा खबर पाए पनि विधायक स्वयं अस्पताल आइपुगे। यसको लागि हामी उनीप्रति आभारी छौं। उनी नेता मात्र होइनन्, आम जनताको लागि पनि काम गर्दछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा