श्यामा प्रसाद मुखर्जीको सपना साकार भयोः दिलीप घोष
श्यामा प्रसाद मुखर्जीको सपना साकार भयोः दिलीप घोष


कोलकाता, 09 मई (हि. स.)। स्वतन्त्रता पश्चात पहिलो पटक राज्यको सत्ताामा भारतीय जनता पार्टी (भाजपा) आएको छ। तृणमूल कङ्ग्रेसको 15 वर्ष लामो शासनकालको अन्त भएको छ। यस ऐतिहासिक क्षणमा भाजपा नेता दिलीप घोषले भने, श्यामाप्रसाद मुखर्जीको सपना पूरा भएको छ।

शनिवार बिहान पत्रकारहरूसित बातचित गर्दै दिलीप घोषले भने, हामीले लामो समयसम्म सङ्घर्ष गऱ्यौं। अन्ततः जनताले परिवर्तनको पक्षमा भोट दिए। श्यामाप्रसाद मुखर्जीको सपना पूरा भएको छ। तृणमूल कङ्ग्रेस र कङ्ग्रेसलाई जनताले नकारिदिए, किनभने तिनीहरूले आफ्नो सत्ताको दुरूपयोग गरी मानिसहरूमाथि अत्याचार गरे। जनताले उनीहरूलाई मुखभरिको जवाफ दिए अनि भाजपालाई चुने।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande