
मेदिनीपुर, 09 मई (हि.स.)। पश्चिम बङ्गालको पूर्व मेदिनीपुर जिल्ला अन्तर्गत पाँशकुड़ा निवासी छात्र सम्राट सामन्तले कठिन परिस्थितिमा माध्यमिक परीक्षा उतीर्ण गरेर एउटा उदाहरण पेश गरेका छन्। आमाको मृत्युको गहिरो दुःख सहेर पनि तिनले परीक्षा दिए अनि 479 अङ्क हासिल गरे। सम्राटले आफ्नो सफलातालाई आफ्नी दिवङ्गत आमाप्रति समर्पित गरेका छन्।
पाँशकुड़ाको महतपुर गाउँ सम्राट सामन्त तमलुकको ह्यामिल्टन हाई स्कूलमा अध्ययनरत् थिए। अध्ययनको क्रममा तिनी स्कूलको छात्रावासमा बस्थे। तिनका पिता सूर्यकान्त सामान्त पूर्व मेदिनीपुरमा जिल्ला कमाण्डेन्ट होमगार्डको पदमा कार्यरत छन् भने आमा परमिता सामन्त माइती गृहिणी थिइन्।
माध्यमिक परीक्षाको पहिलो दिन सम्राटसित भेट गर्न तिनका माता-पिता दुवै केन्द्रमा पुगेका थिए। परीक्षा समाप्त भएपछि दुवै स्कुटी मार्फत घर फर्किरहेका थिए। यसै क्रममा पाँशकुड़ाको चाम्पाडाली क्षेत्रमा पुगेपछि तामलुक-घाटाल रूटको एउटा बसले उनीहरूको स्कुटीलाई ठक्कर दियो। यस दुर्घटनामा सम्राटकी आमा परमिताको घटनास्थलमै मृत्यु भयो भने पिता सूर्यकान्त घाइते भए।
घटनापछि पिताले छोराको परीक्षामाथि ध्यान दिँदै तत्काल आमाको मृत्यु भएको खबर दिएनन् ताकि तिनले दोस्रो दिन अङ्ग्रेजी भाषाको परीक्षा दिन सकुन्। परीक्षा सिद्धिसकेपछि सम्राटलाई घरमा ल्याएर सम्पूर्ण घटना बताइयो। आमाको अन्तिम संस्कार गर्न तथा मुखाग्नि दिएपछि सम्राटले अन्य सबै परीक्षा लेखे। गए शुक्रवार घोषित परिणाममा तिनले 479 अङ्क हासिल गरेर उतीर्ण गरे।
सम्राटका पिताले भने, आमा गुमाएको गहिरो पीड़ा हुँदाहुँदै पनि छोराले हिम्मत हारेन र परीक्षा दियो। सम्राटले भने, पढ़ाईको लागि आमाले नै तिनलाई सबैभन्दा अधिक प्रेरणा दिन्थिन्। यदि आज उनी जिउँदो भएको भए धेरै खुशी हुन्थिन्। त्यसैले सम्राटले आफ्नो सफलतालाई आमाप्रति समर्पित गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा