लोकल ट्रेनहरूमा अब राती पनि जाँच अभियान
लोकल ट्रेनहरूमा अब राती पनि जाँच अभियान


मुम्बई, 09 (हि.स.)। लोकल ट्रेनहरूमा टिकट बिना यात्रा गर्ने यात्रीहरू अब बच्ने छैनन्। पश्चिम रेलवे प्रशासनले अन्ततः लोकल ट्रेनहरूमा पनि टिकट जाँच अभियानलाई जारी राख्ने निर्णय लिएको छ। राती 9 बजेदेखि बिहान 6 बजेसम्म चर्चगेटदेकि विरार स्टेशनबीच टीसीको ‘ब्याटम्यान’ टीम लोकल ट्रेनहरूका डब्बाहरूमा तैनाथ रहनेछ।

पश्चिम रेलवेले अप्रेल महिनामा 3 लाख 60 हजारभन्दा अदिक टिकट बिनाका यात्रीहरूविरूद्ध कारबाही गऱ्यो। यस रेकर्ड कारबाहीपछि प्रशासनले राती पनि जाँच गर्ने फसेला लिएको छ। हाल राती 9 बजेसम्म टिकट जाँच गरिन्थ्यो भने अब बिहानसम्मै टिकट जाँच गरिनेछ। रेलवे प्रशासनको उद्देश्य रातको अन्तिम ट्रेनदेखि बिहानको पहिलो ट्रेनसम्मै टिकट जाँच गरेर टिकट बिनाका यात्रीहरूमाथि रोक लगाउनु हो।

पश्चिम रेलवेमा दिनहुँ 1414 लोकल फेरीहरूको माध्यमबाट लगभग 30 लाख यात्रीहरूले यात्रा गर्दछन्। दिउँसो भीड़ अधिक हुने भएकोले टीसीको लागि ठूलो चुनौती हुन्छ। त्यसैले राती ड्यूटीको लागि भिन्नै टीमलाई तैनाथ गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande