सांस्कृतिक, आध्यात्मिक एवं आर्थिक उत्थानको अमृतकालमा प्रवेश गर्नेछ बङ्गाल : मुख्यमन्त्री योगी
सांस्कृतिक, आध्यात्मिक एवं आर्थिक उत्थानको अमृतकालमा प्रवेश गर्नेछ बङ्गाल : मुख्यमन्त्री योगी


-मुख्यमन्त्री योगीले बङ्गालका नयाँ मुख्यमन्त्री शुभेन्दुलाई भगवा अङ्गवस्त्र पहिराए

लखनऊ, 09 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शनिवार कोलकातामा पश्चिम बङ्गालको नयाँ सरकारको भव्य शपथ ग्रहण समारोह सम्पन्न भयो। यस अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित थिए। उनले मुख्यमन्त्री पदको शपथ लिने शुभेन्दु अधिकारीलाई बधाई दिँदै उनको उज्जवल कार्यकालको लागि शुभकामना दिए। साथै योगीले शुभेन्दु अधिकारीलाई मञ्चमा भगवा अङ्गवस्त्र पनि पहिराए।

मुख्यमन्त्री योगी आदित्यनाथले शनिवार सोशल मीडिया अकाउन्ट 'एक्स'-मा पोस्ट गरे। उनले लेखे, पश्चिम बङ्गालका मुख्यमन्त्रीको रूपमा शपथ लिएकोमा शुभेन्दु अधिकारीलाई हार्दिक बधाई एवं शुभकामना! उनले भने, पूर्ण विश्वास छ कि प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन एवं तपाई (शुभेन्दु अधिकारी)- को ऊर्जावान नेतृत्वमा 'सोनार बह्गला'- को सङ्कल्प सिद्ध हुनेछ अनि प्रदेश सांस्कृतिक, आध्यात्मिक एवं आर्थिक उत्थानको अमृतकालमा प्रवेश गर्नेछ।

मुख्यमन्त्रीले लेखे, अधिकारीको कार्यकाल बङ्गालक जन-जनका आकाङ्क्षाहरूको पूर्ति तथा लोकतान्त्रिक मूल्यहरूको पुनर्स्थापनाको स्वर्णिम अध्याय बनोस्, माँ कालीसित यही प्रार्थना छ।

मुख्यमन्त्री योगी आदित्यनाथले सबै मन्त्रीहरूलाई पनि बधाई दिए। उनले पोस्टमा लेखे, पश्चिम बङ्गालमा मन्त्री पदको शपथ लिने सबै नेताहरूलाई पनि हृदयतलबाट बधाई ! पूर्ण विश्वास छ कि तपाईहरू सबैले जनसेवालाई सर्वोपरि मानेर 'सोनार बङ्गला'- को गौरवलाई पुनर्स्थापित गर्नुहुनेछ। माँ कालीको कृपाले तपाईहरू सबैको कार्यकाल यशस्वी औ लोक-कल्याणकारी रहोस्। वन्दे मातरम् !

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande