पश्चिम बंगालमा पहिलो भाजपा सरकारको गठन, शुभेन्दु अधिकारीसंग पाँच मन्त्रीहरूले लिए शपथ
बंगाल


कोलकाता, 09 मई (हि.स.)। पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकारको शपथ ग्रहण समारोह शनिवार कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउन्डमा आयोजना गरियो। समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह, भारतीय जनता पार्टी (भाजपा) शासित राज्यका मुख्यमन्त्रीहरू र वरिष्ठ नेताहरू उपस्थित रहे।

भाजपा विधायक दलको नेता निर्वाचित भएपछि शुभेन्दु अधिकारीले पश्चिम बंगालको मुख्यमन्त्रीको रूपमा शपथ लिए। उनीसँगै पाँच जना मन्त्रीहरूले पनि शपथ लिए। नयाँ भाजपा सरकारको पहिलो मन्त्रिपरिषद्ले उत्तर बंगाल र दक्षिण बंगाल दुवैको प्रतिनिधित्व गर्दछ। आदिवासी, मतुआ र राजवंशी समुदायका नेताहरूले पनि मन्त्रिपरिषद्मा स्थान पाए।

शुभेन्दु अधिकारीसँगै मन्त्रीको रूपमा शपथ लिने नेताहरूमा दिलीप घोष, अग्निमित्रा पाल, अशोक कीर्तनिया, निशीथ प्रमाणिक र खुदिराम टुडू सामेल छन्। यद्यपि, विभाग बाँड़फाँड़लाई अझै अन्तिम रूप दिइएको छैन।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले भवानीपुर र नन्दीग्राम सिट जितेर विधानसभामा पुगेका छन्। दिलीप घोषले खड़गपुर सदर जितेका छन्, अग्निमित्रा पालले आसनसोल दक्षिण जितेका छन्, अशोक कीर्तनियाले बनगाउँ उत्तर जितेका छन्, खुदिराम टुडूले रानीबान्ध जितेका छन् र निशीथ प्रामाणिकले माथाभांगा सिट जितेका छन्।

यद्यपि, पूर्ण मन्त्रिपरिषद् अझै गठन भएको छैन। शुभेन्दुले चाँड़ै नै आफ्नो मन्त्रिपरिषद् विस्तार गर्ने अपेक्षा गरिएको छ।

उल्लेखनीय छ कि 04 मईमा घोषणा गरिएको विधानसभा चुनाउको नतिजामा भाजपाले 207 सिट जितेर ऐतिहासिक बहुमत हासिल गरेको छ। चुनाउको नतिजा घोषणा भएदेखि नै शुभेन्दु अधिकारीको नाम मुख्यमन्त्री पदको लागि अग्रणी मानिएको थियो। केन्द्रिय गृहमन्त्री अमित शाहले शुक्रवार भाजपा विधायक दलको बैठकमा आधिकारिक रूपमा उनको नाम घोषणा गरे।

अमित शाहले भने, विधायक दलको बैठकमा मुख्यमन्त्री पदका लागि सबै प्रस्तावहरूमध्ये शुभेन्दु अधिकारीको नाम मात्र एक थियो र अन्य कुनै नाम प्रस्ताव गरिएको थिएन। यसपछि उनलाई सर्वसम्मतिले पश्चिम बंगालको मुख्यमन्त्री घोषणा गरियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande